आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो त ?



काठमाडौँ । नेपाली बजारमा निरन्तर उकालो लाग्दै आएको सुनको भाउ बुधबार पनि बढेको छ । बुधबार छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो । मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९८ हजार ६५ रुपैयाँ पुगेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको भाउ भने घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको हो ।

नेपाली बजारमा एक वर्षमै सुनको भाउ करिब ३३ हजारभन्दा बढीले बढेको छ ।