काठमाडौं । आगामी २१ साउदेखि शिखर इन्सुरेन्सको सर्वसाधारण समूहको ८७ हजार ४१२.८ कित्ता सेयर लिलामी बिक्री खुला हुँदैछ ।

उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम म्याद साउन २८ गतेसम्म तोकिएको छ । यसअघि शिखरले असार १४ गतेबाट साउन ४ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।