काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना पुष्टि भएको छ ।

५४ वर्षीय मेयर सरावगीले फेसबुक पेजमार्फत आफूलाई संक्रमण भएको जानकारी गराएका छन् । उनको काठमाडौंमा स्वाब परीक्षण गरिएको थियो । उनी गत सोमबार काठमाडौं आएका थिए ।

‘वीरगन्जवासीको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयम् कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैलै छिट्टै नै कोरोनालाई जित्ने छु’ बिहीबार बेलुका सरावगीले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।