काठमाडौं । सरकारले रातको समयमा काठमाडौं उपत्यका भित्रन प्रतिबन्ध लगाएको छ ।

गृह मन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोरोना पोजेटिभ देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराएकोे हो ।

मन्त्रालयले उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन पनि सबै सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।