काठमाडौं । कोरोना संक्रमणबाट जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को निधन भएको छ ।

वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार राति ५६ वर्षीय भारतीय नागरिक उनको निधन भएको हो ।

भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा।मदन उपाध्यायले जानकारी दिएका छन् ।

भारतको दिल्ली घर भएका उनी वीरगञ्ज–११ श्रीपुरमा बस्दै आएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।