वीरगञ्जमा कोरोनाको भयावहः दुई चिकित्सकसहित ४४ नयाँ संक्रमित



काठमाडौं । वीरगञ्जमा कोरोनाको भयवाह स्थिति सिर्जना भएको छ । वीरगञ्जका मेयरलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ भने पुनः दुई चिकित्सकसहित ४४ नयाँ संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा २ जना चिकित्सकसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

मा बिहीबार राति गरिएको परीक्षणमा १२ महिलासहित ४४ जनामा कोरोना संक्रमण देखिएको बताइएको छ । कन्टयाक्ट ट्रेसिङमा दुईजना चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको चिकित्सकले बताएका छन् ।

साउनयता पर्सामा २ सय ४६ नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।