भारतमा एकैदिन ५५ हजार कोरोना संक्रमित पुष्टि



भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ७९ नयाँ संक्रमित देखिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

अघिल्लो दिन पनि भारतमा कोरोना भाइरसका ५२ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित थपिएका थिए ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३५ हजार ७४७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७७९ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका १० लाख ५७ हजारभन्दा धेरै कोरानो संक्रमित निको वा डिस्चार्ज भएका छन् ।