सुनको मूल्यमा अर्को रेकर्ड ब्रेक, आज पनि बढ्यो मूल्य



काठमाडौं । दिनदिनै बढीरहेको सुनको मूल्य आज पनि बढेको छ । आइतबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार १६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । यता, चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ पुगेको छ ।

शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ८६५ रुपैयाँ निर्धारण भएको थियो ।