नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।

बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अनुसार बुधबार गरिएको स्वाब परीक्षणमा बाहिरी घेरामा सुरक्षाकर्मीमध्य ६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।