पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि २१ साउन, वीरगञ्ज । पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
गलबार राति उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।