पाँच गुणा बढि पानी निकालिएपछि काठमाडौं भासिने खतरा बढ्यो

कात्तिक १६ । दुई दशक अघिको अध्ययनले तोकेको मापदण्ड भन्दा पाच गुणा बढि पानी काठमाडौंको जमिनमुनीबाट निकालिए पछि काठमाडौंको जमिन भासिने खतरा बढेको छ ।

२३ वर्ष अघि सन् १९९० मा जापानी संस्था जाइकाले गरेको काठमाडौंको भूमीगत जलको एक अध्ययनले जमिनमुनीबाट बढिमा दैनिक डेढ करोड लिटर मात्रै पानी तान्न सकिने र त्यो भन्दा बढि निकालिए जमिनको संरचना बिग्रने खतरा औंल्याएको थियो । तर, त्यसको विपरित अहिलेसम्म खानेपानी वितरणका लागि काठमाडौंमा दैनिक आठ करोड लिटर भन्दा बढि पानी निकालिदै आइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले मात्रै दैनिक औसत सात करोड लिटर भन्दा बढिका दरले जमिन मुनीबाट पानी निकालिरहेको छ । त्यो बाहेक ठूलाठूला होटल, हाउजिङ लगायतले विना रोकटोक डिप ट्यब्वेल लगाएर थप पानी तानिरहेको खबर सौर्य दैनिकले छापेको छ ।

जमिनमुनीको पानी तानीरहने तर पक्की संरचनाले वर्षात्को पानी जमिनमुनी छिर्न नपाउने भए पछि काठमाडौंको जमिन दिनप्रतिदिन खोक्रिादै गइरहेको भूमिगत जलका जानकारहरु बताउछन् । भूगर्व सम्बन्धी जानकारकाअनुसार बढ्दो पक्की संरचना र पिच धेरै भएर काठमाडौं उपत्यकामा वर्षात्को पानी छिर्ने खुल्ला ठाउ निकै कम छ । यसैकारण, पर्याप्त पानी जमिन मुनी पुग्नको सट्टा नाली, ढल हुदै खोलामा गैरहेको छ भने विना रिचार्ज दैनिक करोडौं लिटर पानी जमिनमुनीबाट निकाल्दा जमिन खोक्रिदै गैरहेको छ ।

यसरी वर्षात्को पानी रिचार्जको तुलनामा जमिनमुनीबाट निकै धेरै पानी तानिरहेकोले असन्तुलित बनेको उपत्यकाको जमिन जुनसुकैबेला भासिने खतरा बढेको त्रिभुवन विश्वविद्यालय केन्द्रिय भूगर्व विभागका सह प्राध्यापक डा. सुरेशदास श्रेष्ठले बताए ।

उनले जमिन मुनीको पानीको सतह वर्षेनी साढे दुई मिटरका दरले घटिरहेको र थप तल सम्म जमिन खोक्रिने प्रक्रिया चलिरहेकोले रिचार्जको लागि खुला ठाउा छुट्टाएर जतिसक्दो छिटो उपत्यकाको जमिन मुनी पानी सहजै पुर्‍याउनु पर्ने बताए ।

शहरी विकास तथा भवन निर्माण विभागकाअनुसार ६ सय वर्ग किलोमिटर क्षेत्रफल रहेको काठमाडौं उपत्यकामा हाल करिव १७ प्रतिशत मात्रै खुल्ला क्षेत्र छ भने बााकि झण्डै ८३ प्रतिशत पक्की संरचना र पिचले ओगटेको छ । जसबाट उपत्यकामा वर्षेनी करिव चार करोड लिटर पानी मात्रै रिचार्ज हुने गरेको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।

काठमाडौंको भूमिगत जलस्रोतको क्षेत्रमा भएका अध्ययनको आधारमा भूमिगत जलस्रोत विकास समितिले तयार गरेको रिपोर्टले पनि जमिनमुनीबाट दैनिक करोडौं लिटर पानी तानीने तर वर्षात्को पानी रिचार्ज हुन नपाउादा माटोको संरचना बिथोलिएको देखाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।