लकडाउनमै बित्ने भो यसपालिकाे तिज (भिडियोसहित)



काठमाडौं । हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । हाम्रो देश आफ्नै रीति रिवाज, धर्म र संस्कृतिले भरिएका छन् ।

यसपटक कोराना कहरले सार्वजनिक रुपमा तिज मनाउन नसकिने अवस्था छ तर पनि घरमै गीत संगीत सुनेर मनोरञ्जन होस् भनेर कलाकारहरुले तिजका बिभिन्न गीत संगीत सार्वजनिक गरिरहेका छन् । यस्तैमा गीतकार तथा संगीतकार मनोज सिग्देल ‘युरेश’ले तिज कोशेली ‘लकडाउनको तिज’ सार्वजनिक गरेका छन्।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

यस गीतमा शब्द मनोज सिग्देल ‘युरेश’को रहेको छ भने स्वर विनय कार्की र कविता श्रेष्ठको रहेको छ। गीतलाई संगीत संयोजन स्वयम गायक विनय कार्कीले गरेका हुन्। स्टुडियो भर्सनमा निर्माण गरिएको भिडियोमा विनय कार्की र कविता श्रेष्ठ फ़िचर्ड छन्। भिडियोमा जनकराज अधिकारीको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ।

२०६५ साल देखि निरन्तर संगीत क्षेत्रमा संघर्ष गर्दै अघि बढिरहेका गीतकार सिग्देलले हाल सम्म ८ वटा गीत सार्वजनिक गरिसकेका छन्। सम्पूर्ण नेपाली नारीहरुलाई यसै गीत मार्फत शुभकामना दिदै सिग्देलले सुरक्षित तरिकाले तिज मनाउन अनुरोध गरेका छन्।