कांग्रेसमा किचलो उस्तै, विवादबीच देउवाद्वारा दस विभागमा मनोनयन



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो बढ्दो छ । पार्टी सभापति शेरबहादुर देउवाले भने विवादका बीच पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन् ।

आइतबार राति ११ बजे देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गरेका हुन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

उनले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्यहरु थपेका छन् । महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विभाग गठनको औचित्व नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गठनको विरोध गरिरहेका बेला देउवाले एकलौटी रुपमा विभाग गठन र सदस्यहरु मनोनयनको क्रम अघि बढाएका हुन् ।

सभापति देउवाले गरेको विभाग गठन विधानको विरुद्धमा समेत रहेको पाइएको छ ।