काठमाडौं । निरन्तर उकालो चढीरहेको सुनको भाउ पछिल्लो २ दिन भने केही सम्हालिएको छ ।

सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ६ सय रुपैयाँ थियो । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ भने प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।