एभरेष्ट इन्सुरेन्सले ३८१ प्रतिशतले बढायो नाफा

काठमाडौं । एभरेष्ट इन्सुरेन्सले ३८१ प्रतिशतले नाफा वृद्धि गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

यो अघिल्लो वर्षको भन्दा ३८१.५२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष एभरेष्टले ४ करोड १ लाख १० हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा यस इन्सुरेन्सको बिमा कोषको आकार ४१.६५ प्रतिशतले बढेर ३२ करोड ६७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।