काठमाडौं । सामुदायिक लघुवित्तको नाफा ४२ प्रतिशतले घटेको छ ।
लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो वर्षको तुलनामा भने ४२.६४ प्रतिशतले कमी हो ।
अघिल्लो वर्ष यसले २ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी भने १०.५७ प्रतिशतले बढोत्तरी भएर ८ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यसले ७ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
Comments







