कुखुराको मासुमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको अन्तराष्ट्रिय एजेन्सीहरुले जनाएका छन् । ब्राजिलमा चीनबाट आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको बताइएको छ ।
कुखुराको पखेटामा कोरोना भाइरसको संक्रमण पत्ता लागेको हो । पखेटामा कोरोना पुष्टि भएपछि चिकित्सकहरुले उत्पादनको साथै सम्पर्कमा आएकाहरुलाई तत्काल नै कोरोना परीक्षण गरेका थिए । तर, सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
विश्व स्वास्थ्य संगठन र युएस रोग नियन्त्रण तथा रोकथाम केन्द्र लगायत स्वास्थ्य अधिकारीहरूले भने खानाको माध्यमबाट भाइरस सर्ने सम्भावना कम रहेको दाबी गर्दै आएका छन् ।
Comments