कार्तिक १३ । एकिकृत माओवादीका  अध्यक्ष पुष्पकमल दाहाललाई  अबरोध  गर्न  नेकपा माओवादीले चार वटा जिल्लामा यातायात बन्द आवाहन गरेको छ ।

प्रचण्डले  दोलखाको  पाँचखालमा  चुनावी सभालाई अबरोध  गर्न माओवादीको ताम्सालिङ राज्य समितिले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखा  बन्द गराएका छन् ।

बन्दकर्ताले राजमार्गमा  यातायात चल्ल नदिन   अरनिको राजमार्गमा  रुख काटेर  सडक अवरुद्ध गराएका थिए ।

स्थानीय प्रशासनले सुरक्षाकर्मी लगाएर सडकमा
राखिएको रुखहरु हटाउन लगाएको  थियो ।  प्रचण्डलाई सडकमार्ग बाट आउन असुरक्षित हुने भएकोले प्रचण्ड हेलिकप्टर च्याटर  गर्दै सभा स्थलमा जाने गरेका  छन्  ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।