कार्तिक १३  । स्याङ्जाको चापाकोट प्रहरीले  गोली चलाएर २ जनाको मृत्यु भएको बिरोधमा आज कांग्रेसको भ्रातृ संगठन तरुण दलले आज जिल्ला बन्दको स्याङ्जा बन्द गराएको छ ।

बन्दका बिहानै देखी यातायात , करकारखाना , शैक्षिक संस्था, बजार खुलेका छैनन् ।

स्थानियबासीले  उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी घटनाका  दोषीलाई कारबाही गगाडी बढाउनु पर्ने , जिल्ला प्रहरी प्रमुख आभुषण तिमल्सिना र प्रहरी निरीक्षक कृष्ण थापालाई बर्खास्त गरी मृतकका परिवालाई  उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै  अनिश्चितकालिन  स्याङ्जा बन्द आवाहन गरेका  हुन् ।

हिजो स्थानीय माया बिकको आत्महत्याबारे प्रहरीले गरेको अनुसन्धान चित्त नबुझेको भन्दै थप अनुसन्धानका लागि दबाब दिन पुगेका स्थानीय र  प्रहरी बिच झडप हुदा  प्रहरीले चलाएको  गोली बाट  २ जनाको मृत्यु भएको  थियो ।

गोली लागी मुत्यु भएका सुर्य आलेको शव पोखरा लगिएको छ भने कृष्ण भट्टराईको शव स्याङ्जा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।