अमेरिकी राष्ट्रपति ट्रम्पले भने- ‘रुसी खोपले काम गर्छ’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध रुसले बनाएको खोपले काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले रुसले बनाएको भनिएको खोपबारेमा धेरै थाहा नभएपनि त्यो खोप प्रभावकारी र उपयोगी हुन्छ भन्नेमा विश्वस्त रहेको बताएका छन् ।

राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा भएको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले खोपले काम गर्ने बताएका हुन् । रुस कोरोनाविरुद्धको खोप तयार पार्ने विश्वकै पहिलो राष्ट्र भएको पनि उनको दाबी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।