काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेर पुनः एक लाख माथि पुगेको छ । सुनको भूल्य सोमबारको तुलनामा प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको हो ।
सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ थियो ।
मंगलबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा चाँदीको प्रतितोला भाउ ६५ रुपैयाँले बढेको हो ।
Comments







