काठमाडौं । कोरोनाका कारण नवलपरासी पश्चिमका कांग्रेस उपसभापति सुवासचन्द्र गिरीको निधन भएको छ ।
३७ वर्षीय गिरीको उपचारका क्रममा मंगलबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको हो ।
रुपन्देहीको भैरहवामा रहेको मेडिकल कलेजमा पित्तथैलीमा रहेको पत्थरीको उपचारका क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
गिरीको पित्तथैलीमा पत्थरी देखिएपछि अपरेसन गरिएको पाटन अस्पतालले जनाएको छ ।
Comments