पोखरामा २४ घण्टा भित्रै कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई दिनदेखि उपचारररत पोखरा वडा १६ का ८७ वर्षीय पुरुष रहेका छन् । उनी मधुमेह, मिर्गौलाका समेत रोगी थिए ।

यसअघि, पोखरामा गएराति सेवा अस्पतालमा उपचारक्रममा मृत्यु भएकी तनहुँको व्यास १ की ५० वर्षीया महिलाको मंगलबार कोरोना पुष्टि भएको थियो ।

मृतक दुवैको शव अन्त्येष्टिको तयारी भइरहेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या सहित ७ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।