काठमाडौं । बाहुन क्षेत्री शरणार्थी भन्दै राष्ट्रिय झण्डा जलाइएको एउटा म्युजिक भिडियो अझै पनि युट्युबमा राखिएको छ ।

समाजमा गम्भीर बितृष्णा फैलाउने तथा सामाजिक सदभाव भड्काउन सक्ने भिडियो युट्युबमा राख्दा प्रशासनले हटाउनुपर्नेमा अझै हटाइएको छैन ।

म्युजिक भिडियोमा बाहुन क्षेत्रीमाथि अपहेलना गरिएको छ भने राष्ट्रिय झण्डा समेत जलाइएको छ । १७ सय मात्र सस्क्राइबर भएको एक च्यानलमा राखिएको भिडियोकाे भ्यू भने करिब साढे ३ लाख पुगेको छ । जसमा ७४ हजारले डिसलाइक गरेका छन् भने २२ सयले लाइक गरेका छन् ।

उक्त भिडियोमा १५ हजारले कमेन्ट गरेका छन् । अधिकांशले भिडियोको विरोध गरेका छन् ।

यता, प्रहरीले उक्त भिडियो बनाउने समूहलाई खोजिरहेको पाइएको छ । म्युजिक भिडिओ बनाउने ‘क्यामेराम्यान’ पक्राउ परेको बताइएको छ । उनको परिचय प्रहरीले गोप्य राखेको छ । प्रहरीले उक्त म्युजिक भिडियो सेयर नगर्न सबैलाई अनुरोध समेत गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।