काठमाडौँ । पछिल्ला दिनमा दिनदिनै सय भन्दा बढी संक्रमित थपिर्दै गएकोमा आज मंगलबार काठमाडौं उपत्यकामा थप २०५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २०५ जनामा कोरोना संक्रमण देखिएको बताएका छन् ।

थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन् । उपत्यकामा अहिलेसम्म २ हजार बढीलाई संक्रमण देखिसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।