६९ हजार बढी कोरोना संक्रमित भारतमा एकैदिन थपिए

दक्षिणी छिमेकी भारतमा एकै दिन ६९ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा ९ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २८ लाख नाघेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।