काठमाडौं । नेकपा भित्रको विवाद अलिक मत्थर भएर गएको छ । यतिसम्म कि एक अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन नपर्ने अभिव्यक्ति समेत सार्वजनिक गरिसकेका छन् ।

तर, यसो भन्दैमा सबै कुरो मिल्यो नै भन्ने भने छैन । प्रचण्डले पछिल्लो समय प्रधानमन्त्रीले गरेका नियुक्तिप्रति प्रश्न उठाएका छन् ।

‘हामी सहमतिका लागि भनेर मिहिनेत गरिरहने, तपाईं सहमतिको स्पिरिटभन्दा बाहिर गएर धमाधम राजनीतिक नियुक्ति गरिरहने ? यसरी त सहमति बन्न सक्दैन, झन् भाँडिन्छ ।’ प्रचण्डले ओलीसँग प्रश्न तेर्स्याए ।

प्रचण्डले कार्यदल बनेपछि सरकारले गरेका सबै नियुक्ति खारेज गर्न पनि माग गरेका छन् । ओलीले भने अति नै आवश्यक नियुक्तिहरू गरिएको जवाफ दिएको बु्झिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।