काठमाडौंमा एउटै मिडिया हाउसमा ९ जनालाई कोरोना पुष्टि

काठमाडौं । काठमाडौंस्थित एक प्रतिष्ठित अनलाइन मिडियामा कार्यरत ९ जनालाई कोरोना पुष्टि भएको छ । बुद्धनगरस्थित कार्यालय रहेको अनलाइन खबर डटकममा कार्यरत ९ जनालाई कारोना पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा फोटो पत्रकारदेखि डेस्कमा कार्यरत रहेकाहरु समेत रहेका छन् ।

सुरुमा एक जनालाई कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको बताइएको छ । ९ मध्ये ७ जना पत्रकार रहेका छन् ।

आज आइतबार अनलाइन खबरमा कार्यरत अन्यले पनि परीक्षणका लागि स्वाब दिएका छन् । उनीहरुको रिपोर्ट आउन बाँकी हरेको छ ।

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...