काठमाडौं । वीरगञ्जमा एक महिला कोरोना संक्रमितले अस्पताल बसेको १३ औं दिनमा प्राण त्यागेकी छिन् ।
गत साउन २४ देखि वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको शनिबार निधन भएको हो । वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी ५६ वर्षीय महिलाको शनिबार बेलुका साढे सात बजे कोरोना अस्पतालमा मृत्यु हो ।
ती महिलाको साउन २२ मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासको समस्या रहेको ती महिलामा कोरोना पाजिटिभ देखिएपछि कोरोना अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो । उनलाई पछिल्लो समय भेन्टिलेटरमा पनि चढाइएको थियो ।
Comments







