कात्तिक १० । म्यादी प्रहरीका लागि तयार पारिएका ५० हजार सेट कपडा जल्नबाट जोगिएको छ । ती कपडाहरु जलाउने प्रयास गरिएपनि त्यसो हुन भने पाएन ।

ठेकदारले कपडा सिलाएर प्रहरी कार्यालयतर्फ लैजाने क्रममा शनिबार साँझ बालकुमारीमा जलाउने प्रयास भएको आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

उक्त कपडा जलाउने खोज्ने व्यक्ति नेकपा माओवादीका कार्यकर्ता भएको प्रहरीले अनुमान गरेपनि नेकपा माओवादीले भने आफ्नो कुनै पनि संलग्नता नरहेको बताएको छ । माओवादी प्रवक्ता भुसालले आफ्नो पार्टीका कपडा जलाउने कार्यमा कुनै संलग्नता नरहेको र उक्त प्रचार सुनियोजित रुपमा पार्टीलाई फसाउन खोजेको हेलोखबरसँग बताइन् ।

पोसाक सिलाएर प्रहरी प्रधान कार्यालय नक्साल लैजाने क्रममा दुई व्यक्तिले गाडी रोकेका थिए कपडामा पेट्रोल खन्याएर गाडीमा फ्याँकी उनीहरु भागेका थिए तर जल्न भने पाएन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।