कात्तिक १० । घोषित ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि एमाले उम्मेदवार बनेका महमुद आलमको हत्या आरोपमा एमालेकै पूर्वसभासद् रामचन्द्र प्यासी कुसवाह पक्राउ परेका छन् ।

संविधानसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दिएको २४ घन्टा नपुग्दै १८ असोजमा बाराको परवानीपुरस्थित चवासती खाद्य उद्योग अगाडि आलममाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते उनको उपचारका क्रममा निधन भएको थियो ।

एमाले उम्मेदवारको हत्या निर्वाचन विथोल्ने अथवा भारतीय आपराधिक समूहले गरेको भनेर सुरुदेखि नै चर्चा थियो, तर प्रहरीले भने एमालेकै पूर्वसभासद् प्यासीमाथि शंका गरेर निगरानी बढाएको हो ।

पारम्भिक अनुसन्धानमा दोषी देखाएपछि उनलाई गिरफ्तार गरिएको प्रहरी स्रोतको भनाई छ ।

काठमाण्डौंबाट खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीको टोलीले शनिबार राति उनलाई बाराको पथलैयानजिकै पक्राउ गरेको विभिन्न दैनिकमा खबर छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।