केहि दिन यता ओरालाे सुलाग्नेक्रम रहेकाे सुनकाे भाउ मंगलबार पनि घटेको छ ।
यस दिन सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा आएको छ । तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ भने सोमबारकै स्थिर अर्थात प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ रहेको थियो । तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।
Comments







