काठमाडौं । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं निवासी ७४ वर्षीय पुरुष र धुनषा निवासी ७६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। काठमाडौं निवासी पुरुष अस्पतालमा ६ गते भर्ना भएका थिए।
त्यसैगरी धनुषा निवासी ७६ वर्षीय पुरुष साउन २५ अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति निकाली दुवै जनाको मृत्यु भएको पुष्टि गरेको छ।
Comments







