काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा पुनः एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।
गत भदौ ३ गते राति सुरु भई भोलि राति १२ बजेसम्मका लागि लागू गरिएको निषेधाज्ञा कम्तीमा एक हप्ता थप गर्ने तयारी गरिएको हो।
एक हप्तासम्मको निषेधाज्ञाका कारण कोरोना संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग पुगेको ठम्याईसहित निषेधाज्ञा अझै एक साता थप गर्ने तयारी गरिएको हो ।
दिउँसो ३ बजे उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक काठमाडौंमा बस्दैछ । त्यसैले निषेधाज्ञा थप सम्बन्धी निर्णय गर्नेछ ।
Comments







