काठमाडौँ । नेपालका स्पिनर सन्दीप लामिछानेले आफ्नै कसिलो प्रदर्शन जारी राखेका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा उनले दोस्रो दिन पनि कसिलो प्रदर्शन कायम राख्न सफल भए ।

आज बिहान सम्पन्न खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १२ रन मात्र खर्चेर र एक विकेट लिए । उनले सेरफन रडरफोर्डको विकेट लिएका हुन् । उक्त खेलमा सन्दिपको टिम जमैका तलाबाजले गुएना एमेजन वारियर्सलाई ५ विकेटले हरायो ।

पहिले ब्याटिङ गरेको गुएनाले ९ विकेट गुमाएर १ सय १३ रन मात्र बनाएको थियो ।

जवाफमा जमैकाले १८ ओभरमा ५ विकेट गुमाएर १ सय १३ रन बनायो । प्रतियोगितामा जमैकाको यो दोस्रो जित हो । जमैका अंकतालिकाको चौथो स्थानमा छ । उसले दुई हार पनि बेहोरिसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।