काठमाडौं । एक थाइराइडबाट पीडित महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिलाको मंगलबार राति उपचारकै क्रममा मृत्यु भएको हो ।
गत साता कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । थाइराइडको उपचारका लागि गएकी ती महिलामा अस्पतालमै निधन भएको हो ।