काठमाडौंमा गगन थापा विजयी, यी हुन् कांग्रेसका विजेता तीन उम्मेदवार

काठमाडौं २३ मंसिर
वाम गठबन्धनका कारण नेपाली कांग्रेसका उम्मेदवार जताततै पराजित भईरहेको अवस्थामा युवा नेता गगन थापा भने काठमाडौं चारबाट विजयी भएका छन् । उनी सँगै कांग्रेसका तर्फबाट तीन जना उम्मेदवार विजयी भएका छन् ।
यता, एमालेका २१, माओवादी केन्द्रका पाँच र एक स्वतन्त्र उम्मेदवार विजयी भईसकेका छन् ।
कांग्रेसबाट विजयी हुनेहरुमा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट गगन थापा ३ हजार बढी मतले विजयी भए । उनले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन्।
गगन थापाले २१ हजार ५ सय ५१ मत पाए भने भट्टराईले १८ हजार १ सय ४० मत पाएका हुन् । यस्तै विवेकशील साझाकी सुबुना बस्नेतले ३०४० मत ल्याएकी थिइन् ।
यस्तै, काठमाडौं एकमा प्रकाशमान सिंह र रसुवा निर्वाचन १ मा मोहन आचार्य विजयी भएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।