“निचार्ने कि ननिचार्ने?” कसैलाई पनि आफू कुरुप देख्खिने इच्छा हुँदैन। तरपनि युवायुवतीहरू ऐना अगाडि उभ्भिन्छन् र यत्रो ठूलो डण्डिफोरले उसैलाई एकोहोरो हेरिरहेको देख्छन्। निचार्नुहुँदैन भनेर सबैले भनेको सुनेकै हो, तरपनि निचार्छन्, फुटाउँछन् अनि आँखा र छाला रातो नहुञ्जेलसम्म चिमोटिरहन्छन्। उनीहरूले एकपटक पनि सोँच्दैनन् कि त्यसरी निचार्नु भनेको छालालाई अत्याचार गर्नु हो।

कसरी आउँछ डण्डिफोर?

युवावस्थामा अधिकांशलाई सताउने छालाको साझा दोष हो- डण्डिफोर! विश्वभरीका ८०% भन्दा बढि युवायुवतीहरूले डण्डिफोरको पीडा सहने गर्छन्। हुन त प्रौढ अवस्थामा पनि थुप्रै कारणले गर्दा डण्डिफोर आउने गर्छ, जस्तै; एण्ड्रोजेन नामक हरमोनमा असन्तुलन।

हाल डण्डिफोरको बारेमा थुप्रै अनुसन्धानहरू भैरहेका छन्, तरपनि यसको ठेट कारण भने अझसम्म पत्ता लाग्न सकेको छैन। तर डण्डिफोर आउनु पनि हाम्रो प्रतिरक्षा प्रणालीकै कारण हो। हाम्रो छालामा हुने सूक्ष्म प्वालहरू जब बाहिरको धुलो र ब्याक्टेरियाले टाल्लिन्छ, तब त्यस प्वालमा हुने तेल निकाल्ने सबासियस ग्रन्थि पनि टाल्लिन जान्छ। जसको कारण ब्याक्टेरियाले सङ्क्रमण गराउन सुरु गर्छ। यहि ब्याक्टेरियाहरू हाम्रो शरीरभित्र पस्न नपाओस् भनेर सेता रक्तकोषहरूले छेकेर बस्ने गर्दछन् र ती ब्याक्टेरियाहरूलाई बाहिर निकाल्न खोज्छन्। यसै कारण नै कुनै-कुनै डण्डिफोरको टुप्पामा कालो खिल देखिन्छ।

किन निचार्नुहुँदैन डण्डिफोर?
डण्डिफोर भनेको छालामुनि भएको एउटा सानो झोलाजस्तै हो, जसमा चिल्लो पदार्थ, ब्याक्टेरिया अनि जलन गराउने तत्व रहेको हुन्छ। यसलाई निचार्दा झोलाभित्र भएका सबै तत्वहरू छाला बाहिर निस्कन्छन् र बाहिरको छालामा सङ्क्रमण पनि हुन सक्छ। यसले झन् नकारात्मक परिणाम ल्याउन सक्छ।

साथै, डण्डिफोर निचारिसकेपछि त्यसले झन् बढि जलन गराउन सक्छ र छालामा कालो दाग पनि बस्न सक्छ। र यो दाग डण्डिफोर जस्तो होइन, यो त सँधेको लागि पनि बस्न सक्छ।

फेरि डण्डिफोर निचार्दा नङमा भएको ब्याक्टेरिया र अन्य फोहोरको कारण अझ बढि सङ्क्रमण हुन जान्छ।

यदि तपाईँले डण्डिफोर निचार्ने इच्छालाई दबाएर राख्न सक्नुभयो भने त्यो १ हप्ताभित्र आफै हराएर जान्छ, दाग नै नराखीकन। कुनै डण्डिफोर पाकिसकेपछि आफै फुटेर जान्छ।

कसरी बच्ने डण्डिफोरबाट?
डण्डिफोर आउनुमा धेरै कुराको भूमीका हुन्छ। अनुहारमा लगाउने क्रिम, साबुन तथा फेसवासले पनि तपाईँको अनुहारको छालामा डण्डिफोर निम्त्याइरहेको हुन सक्छ। साथै बढि चिल्लो खाद्यपदार्थको सेवनले समेत कसै-कसैको छालालाई प्रत्यक्ष असर गरिरहेको हुन्छ। त्यसैले आफूलाई के-कुराले डण्डिफोर ल्याउँछ विचार गर्नुपर्छ र त्यसबाट बच्नुपर्दछ।

त्यसलगायत डण्डिफोरबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छ:-

मुख धुँदा यी ५ गल्ती गर्नुहुन्छ, त्यहि भएर डण्डिफोर आउँछ
मुख धुने काम भनेको एकदमै सजिलो काम हो, तर सजिलै काम गर्दा पनि विशेष ध्यान पुर्याउन सकिएन भने त्यसैले विभिन्न किसिमका नकारात्मक समस्याहरू ल्याउन सक्छ- डण्डिफोर आउने, छाला चिलाउने, छाला फुस्रो हुने, आदि।

फेरि यो डण्डिफोर भनेको यस्तो समस्या हो जुन हाम्रो प्रतिरक्षा शक्तिको कारण पैदा हुन्छ। मतलब छालामा भएका सुक्ष्म प्वालहरूमा विभिन्न किसिमका फोहोर अनि ब्याक्टेरियाहरू टाल्लिएर बसेका हुन्छन्, जसले गर्दा सङ्क्रमण हुन थाल्दछ। त्यसपछि हाम्रो प्रतिरक्षा प्रणालीको मूख्य अङ्ग ‘सेतो रक्तकोष’ले ती सबै सङ्क्रमित कोषहरूलाई एकै ठाउँमा जम्मा गरेर डण्डिफोरको रूपमा बाहिर पठाउने गर्दछ।Washing-Your-Face

भनेपछि यसको मूल कारण के रहेछ त भन्दा, हाम्रो छालामा भएका स-साना प्वालहरू टाल्लिनु। अनि हामीले मुख धुँदा विचार पुर्याएनौँ भने यो समस्यामा झन् झन् वृद्धि हुँदै जान्छ।

मुख धुँदा तपाईँले के-कस्ता गल्तीहरू गर्नुहुन्छ त?
१. जुन पायो त्यहि साबुनको प्रयोग
गल्तीः खासमा भन्ने हो भने, अनुहार धुँदा साबुनको प्रयोग गर्नु राम्रो होइन। फेरि सबै साबुन एकै किसिमका पनि हुँदैनन्। अधिकांश साबुनमा हाम्रो छालामा रहेका फाइदाजनक ब्याक्टेरियाहरूलाई मार्ने खालका रसायनहरू मिसाइएका हुन्छन्, जसले गर्दा मुहारको छालामा एलर्जी हुने, चिलाउने, फुस्रो हुने समस्या देखा पर्दछ।

गर्ने के तः त्यसैले मुख धुँदा सफा पानीले मात्रै धुनु उचित हुन्छ। यदि साबुन नै प्रयोग गर्नुहुन्छ भने एण्टिब्याक्टेरियल साबुनको मात्रै प्रयोग गर्नुपर्दछ।

२. हात नै नधोइ अनुहार छुनु
गल्तीः राति सुत्दा हाम्रो हत्केलामा अनेकौँ प्रकारले फोहोर टाँस्सिन्छन्। अनि दिउँसो भरि यताउता काम गर्दा पनि हातमा फोहोर लागेको हुन्छ। त्यसपछि अनुहार धुने बेलामा हातले सिधै अनुहारलाई छुने गल्ती गर्छौँ। यसो गर्दा हत्केलामा टाँस्सिएका फोहोर र ब्याक्टेरिया अनुहारमा सर्दछ र झन् बरबाद हुन जान्छ।

गर्ने के तः त्यसैले एकैचोटि अनुहार पखाल्नुभन्दा पहिला हातलाई राम्रोसँग पखाल्नुहोस् अनि बल्ल अनुहार सफा गर्न लाग्नुहोस्।

३. फोहोर तौलियाको प्रयोग
गल्तीः ठीकै छ ल, मुख धुँदा सबै विधि पुर्याएर धुनुभयो, अब तपाईँले गर्ने गल्ती भनेको के हो थाहा छ? फोहोर तौलियाले अनुहार पुछ्ने! बरु नपुछ्नुस्, त्यत्तिकै सुक्न दिनुस्, तर फोहोर लुगाले पुछ्ने काम नगर्नुहोस्। ल त्यो पनि ठीकै छ, तौलिया सफा नै छ, अब अधिकांशले के गर्छन् भन्दा तौलियाले जथाभावी अनुहारमा रगड्न थाल्छन्। के सिसा पुछेको हो र?

गर्ने के तः अनुहार भनेको तपाईँको सुन्दरता अनि व्यक्तित्वको पहिचान गराउने महत्वपूर्ण अङ्ग हो। त्यसैले यसको विशेष ख्याल गर्नुपर्दछ। सफा तौलियाले हलुकासँग नरगडि पुछ्नुपर्दछ।

४. तातो पानीको प्रयोग
गल्तीः विशेष गरी जाडो मौसममा मानिसहरू चिसो पानी छुन डराउँछन्। अनि नुहाउँदा, मुख धुँदा तातो-मनतातो पानीको प्रयोग गर्छन्। तर उनीहरूले यो विचार गर्दैनन् कि, तातो पानीले अनुहारको चिल्लोपना हटाउँदछ र राम्रा ब्याक्टेरियाहरूलाई नष्ट गरिदिन्छ, जसले गर्दा अनुहार फुस्रो हुने, एलर्जी हुने हुन्छ।

गर्ने के तः सकेसम्म चिसो अनि सफा पानीले नै अनुहार पखाल्नु आवश्यक हुन्छ। यदि अत्ति नै जाडो भएमा धेरै तातो होइन, हलुका मनतातो बनाएर धुनुपर्दछ।

५. दिनको एकचोटि मात्रै अथवा धेरै चोटि धुने
गल्तीः चिनी थोरै भए मिठो हुँदैन भने धेरै भए तितो हुन्छ। मुख धुने काम पनि यस्तै हो। अधिकांशले विहान उठेर मुख धुन्छन् अनि दिनभरी काम गरेर बेलुका मुख धुन बिर्सन्छन्। फेरि कोहि-कोहि यस्ता पनि हुन्छन्, जसलाई घण्टै पिच्छे मुख धोइराख्नुपर्ने हुन्छ। यी दुवै काम फिटिक्कै गर्नुहुँदैन।

गर्ने के तः राति सुत्दा सिरानी अथवा सिरकबाट अनुहारमा लागेको फोहोरमैलालाई त विहान धोइन्छ। अनि दिनभरी धुँवा धूलोमा हिँडेपछि पनि त अनुहारमा फोहोर टाँस्सिएको हुन्छ। त्यसैले बेलुकी पनि एकचोटि अनुहार धुनु अनिवार्य हुन्छ। तर धेरै चोटि मुख धोइराख्नु पनि नराम्रो बानी हो। अत्ति नै भएमा, दिउँसो एकचोटि धुँदा पनि केहि फरक पर्दैन।

छाला फुट्ने र डण्डिफोरको समस्या समाधान कसरी गर्ने
जाडोको बेला सुख्खा छाला हुने समस्याले हामी सबैलाइ सताउछ। अझ डण्डिफोर आएर हैरान त हुनु भएको छैन नि। खानेकुरा, पानी देखि छालाको सरसफाइमा दिनु पर्ने ध्यानले अनुहारको छालामा फरक पर्ने हुन्छ।

सामान्यकुरा भएपनि ध्यान नजाने यस्तो कुराहरु याद गर्नु भएमा छालाको स्वच्छन्दता कायम राख्न सकिन्छ।
पढ्नुहोस अनुहारको छालाको सुरक्षा कसरी गर्ने।

१. अनुहार सफा राख्नुहोस्

दैनिक अनुहार कम्तिमा पनि दुइ पटक सफा पानी ले धुनुहोस। यसो गर्नाले मरेका कोषहरु, धुलोको कणहरु र अनुहारबाट निस्कने चिल्लो पदार्थ अनुहारबाट हट्दछ। यसको अर्थ धेरै अनुहार धुने भन्ने हैन। दुइ-तिन पटक भन्दा बढी अनुहार पखाल्न जरुरी हुन्न। अनुहार धुँदा तातो पानी प्रयोग नगर्नुहोस्। जस्तो पायो त्यस्तै साबुन प्रयोग नगर्नुहोस। सकेसम्म सफा पानी मात्र प्रयोग गरेको राम्रो।

२. नरम कपडा प्रयोग गर्नुहोस

‍अनुहार पुछ्नको लागि सफा र नरम कपडा प्रयोग गर्नुहोस। भुइँ पुछेको जस्तो गरि अनुहारको पानी पुछ्को लागि रगट्ने काम नगर्नुहोस। नरम छाला सग नरम नै व्यवहार गर्नुहोस।

३. छाला सुख्खा हुन नदिनुहोस

विशेष गरि जाडोको बेला छाला सुख्खा भइराख्ने भइकोले सुख्खा हुन नदिने क्रिम तथा मोइस्चराइजर प्रयोग गर्नुहोस। धेरै क्रिमको ब्राण्ड परिवर्तन गरिराख्ने, एकैचोटी धेरै थरिको क्रिम प्रयोग गर्ने नगर्नुहोस।

४. पानी प्रसस्त पिउने गर्नुहोस

जाडोको बेला चिसो हुन्छ भन्दै पानी पिउने कम गर्नु भएको छ भने यो बानी हटाउनुहोस। छालाको स्वस्थताको लागि पानी अपरिहार्य हुन्छ। दैनिक ४-५ लिटर पानी पिउने बानी लगाउनुहोस।

६. चिल्लो पिरो कम खानुहोस

पेटको अवस्थाले तपाइ को अनुहारको छालामा प्रतक्ष्य प्रभाव पार्छ। चिल्लो पिरो खानेकुराले पेटलाइ राम्रो नगर्ने भएकाले सकेसम्म कम खाने गर्नुहोस।

७. अनुहार चलाइरहने नगर्नुहोस

अनुहार चलाइराख्ने र डण्डिफोर आयो भनेर कोट्याइरहने नगर्नुहोस। हात र नङमा हुने फोहोर तथा किटाणुले झन् अवस्था बिगार्छ।

८. कपालमा लगाउने जेल तथा तेलमा ध्यान दिनुहोस

कपालमा जस्तो पायो त्यस्तो तेल नलगाउनुहोस। कपालको तेलले अनुहारमा पनि प्रभाव पर्ने हुन्छ। ध्यान दिनुहोस, छाला एकदमै ओइलि (Oily) छ भने कपालमा लगाउने तेलको कारणले नि हुन सक्छ।

डण्डिफोरबाट दिक्क हुनुहुन्छ ? यी काम गर्नुस्…
मानिसको सुन्दरता झल्काउने अनुहारमा आउने डण्डिफोरले मानिसको रूप तथा सुन्दरतालाई नै बिगारिदिन्छ । डण्डिफोरका कारण तपाईमध्ये धेरै पिडित हुनुभएको हुन सक्छ ।डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ भने यी उपायहरू गर्नुस्…

– डण्डिफोर आएको ठाऊँमा दाँत माझ्ने पेष्ट दलिदिने ।

– डण्डिफोर आएको ठाऊँमा हलेदोको पेस्ट दल्ने । हलेदोको पेस्ट बेलुका सुत्ने बेला लगाउने र बिहान उठेपछि पखाल्ने ।

– डण्डीफोर आएको ठाऊँमा मह दल्ने । यसले ब्याक्टेरिया मार्छ र थप ईन्फेक्सन हुनबाट जोगाउँछ ।

– चियाको तेल डण्डीफओर आएको ठाऊँमा लगाउने, यसले पनि ब्याक्टेरीया मार्ने काम गर्छ ।

डण्डीफोर नियन्त्रणमा राख्ने ५ टिप्स
डण्डिफोर र हाम्रो खाने बानीमा धेरै सम्बन्ध छ। हाम्रो शरिरमा आउने डण्डीफोरलाई हामिले खानेकुराहरुबाट नियन्त्रण गर्न सक्छौँ। डण्डीफोर धेरैजसो किशोर उमेरमा आउने गर्दछ। महिलाहरुको गर्भावस्थामा पनि हर्मोनको परिवर्तनले डण्डिफोर आउने गर्दछ।

डण्डीफोर छालामा रहेको स-साना प्वालहरुमा तेलको मात्रा बढि जम्मा भएर उत्पन्न हुने गर्दछ। यि प्वालहरुमा रहेको सेबाषियस ग्रन्थि(sebaceous gland)बाट ‘सेबम’ भन्ने तेलजस्तो पदार्थ उत्पादन हुन्छ। छाला बाहिरबाट धुलोमैलोले ढाकिएपछि छालामा रहेको मृत कोषहरु बाहिर नगई भित्र सेबममानै टाँसिएर बस्छन्।

जसले गर्दा ती स-साना प्वालहरु पुरिन्छ। किशोर उमेरमा छाला मोटाउन थालेपछि सेबाषियस ग्रन्थिले झन धेरै सेबम उत्पादन गर्छ र यो प्रक्रिया झन बढ्छ। सेबमले बिभिन्न किटाणुहरु आकर्षित गर्छ जसको कारण ति साना प्वाल भएको क्षेत्र फुल्न थाल्छ र यसलाई नै हामी डण्डीफोर भन्छौँ।

डण्डीफोरको हटाउने पद्धतीहरु प्रचलनमा छ। फिजिसियनहरुको निर्देशन अनुसार बजारमा किन्न सकिने धेरै उत्पादनहरुले डण्डीफोरको उपचार हुनसक्छ। तर घरैमा बसेर पनि डण्डीफोरको सजिलो रोकथाम गर्न सकिन्छ। घरमा नै डण्डीफोरलाई नियन्त्रण गर्ने केहि उपाय यस्ता छन्।

१. दुध, दही जस्तो डेरी उत्पादनहरुम अक्सिटोसिन पाइन्छ। यो एक हर्मोन हो, गाईलाई यो हर्मोन सुईद्वारा दिईएको हुन्छ। यसरी हर्मोन भएको डेरी उत्पादनको उपयोगले शरिरको हर्मोन लेभललाई बढाउने गर्दछ। त्यसैले डण्डीफोर धेरै भएको अवस्थामा सकेसम्म डेरी उत्पादनको सेवन कम गर्दा नै राम्रो हुन्छ।

२. दुध सेवनको मात्रा कम गर्नाले शरिरमा क्यालसियमको कमि हुन सक्छ। क्यालसियम स्वस्थ छाला र बलियो हड्डीको लागि एकदमै महत्त्वपुर्ण हो। हरियो सब्जीहरुमा पनि क्यालसियम पाउन सकिन्छ। त्यसैले पालुड़गो, बेथे, रायोको साग जस्ता हरियो तरकारी खान सकिन्छ।

३. धेरैजसो चिनी बढि मात्रामा सेवन गर्नेको डण्डीफोर बढी आउने गर्छ भनेर अनुसन्धानबाट थाहा भएको छ। हाम्रो खानपानमा चिनी बिभिन्न माध्यम जस्तै चिया, मिठाई, सर्बत, जुसबाट आँउछ । चिनीयुक्त पदार्थको सेवन कम गरेर वा बन्द गरेर पनि डण्डीफोरलाई नियन्त्रण गर्न सकिन्छ।

४.घ्युकुमारी(एलोवेरा) नामको विरुवा धेरैजसो छाला र सौन्दर्यको उपचारमा प्रयोग हुने गर्दछ। एलोवेरा को पातहरुमा जेलजस्तो पदार्थ जमेको हुन्छ। यो पदार्थ छालाको लागी निकै फाइदाजनक हुन्छ। दिनमा दुई चम्चा जति एलेवेरा पानिमा मिसाएर खाने बानी राखे शरिरमा डण्डीफोरको मात्रा निकै कम गर्न सकिन्छ। यो बानीले डण्डीफोर विस्तारै आफै कम भएको पनि देख्न सकिन्छ। साथसाथै यसले छालालाई सफा र स्वच्छ पनि राख्दछ।

५. धेरैजनाको डण्डीफोर मौसम परिवर्तनसँग वा शरिर कुनै स्वास्थ्य सम्बन्धि गढबढी हुँदा पनि आउने गर्दछ। पेटमा समस्या भए अनुहारको छालामा प्रत्यक्ष प्रभाव पर्छ। अनुहारको छाला राम्रो बनाउन अनि डण्डिफोर कम गर्न पेट सफाहुनु जरुरी हुन्छ। अमिलो पिरो खानाको कम सेवन गर्ने, समयमै खाना तथा नास्ता खाने अनि पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ।

सुन्दर बन्न चाहनु हुन्छ ? अपनाउनुस यी घरेलु उपाय…
महिला होस या पुरुष सबैलाई सुन्दर बन्न मन लाग्छ । तर काम व्यस्तताले गर्दा हामीले चाहेर पनि यसको लागि समय निकाल्न सकिरहेका छैनौ । हामीले खाने खानाले पनि अनुहार राम्रो बनाउन मद्दत गरेको हुन्छ। अनुहार सफा र चम्कीलो बनाउन हामीले फेसियल नै गर्नुपर्छ भन्ने छैन । यसका लागि हामीले हाम्रै भान्सामा सजिल्यै पाईने सामानको उचित प्रयोग गर्न जान्नु पर्दछ । आउनुहोस् अनुहारका लागि केहि टिप्स जान्नुहोस…

बेसन र बेसारको पेष्टः दुई सानो चम्चा बेसनमा आधा चम्चा बेसार र १० -१० थोपा गुलाबजल र कागती मिसाएर पेष्ट बनाउनुस अनि थोरै काचो दुध मिसाएर लेप बनाएर नुहाउनु भन्दा पहिला अनुहारमा लगाउनुहोस । आधा घण्टा पछि अनुहार धुनुहोस र बिस्तारै नरम रुमालले पुछ्नुहोस अनि तपाई आफै थाहा पाउनु हुन्छ अनुहारको चमक्ता।

आलुको प्रयोगः तपाईको अनुहार अर्थात आँखा मुनि कालो घेरो अर्थात डार्क-सर्कल छ भने सधैभरि आलुको सानो टुक्रा लिएर बिस्तारै मसाज गर्नुस । केहि दिनमै कालो हराउँदै जान्छ।

ओखरको तेलः हाम्रो अनुहार राम्रो हुनुमा खानेकुराको पनि मुख्य भुमिका हुन्छ। ओखरमा ओमेगा -३ पाईने हुँदा ओखर खानाले अथवा ओखरको तेलले अनुहार मसास गर्दा पनि अनुहारमा कान्ती आउँछ।

गाँजरः गाँजर हाम्रो स्वस्थ्यको लागि निक्कै नै उपयोगी हुन्छ। यसले हामीले खएको खाना पचाउने काम गर्दछ। त्यसैले बिहान सधै खालि पेटमा गाँजरको जुस खाने गर्नाले अनुहारमा निखार आउँछ।

निमः निमले हाम्रो अनुहारको छालामा लाग्ने रोगसंग लड्ने क्षमता बढाउँदछ। निम डण्डिफोरका लागि निकै नै उपयोगी छ। ४-५ वटा निमको पातलाई मुल्तानी मिट्टीमा मिसाएर पिस्ने अनि थोरै पनि हालेर लेप बनाउने र अनुहारमा लगाउने । १०-१५ मिनटमा चिसो पानीले धुने, यसो गर्दा अनुहारमा चमक काउनुको साथै अनुहारमा भएको दाग धब्बा पनि बिस्तारै हट्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।