काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र प्रधानसेना पूर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

नेपाली सेनाको छाउनीस्थित हाताभित्र रहेको सीसीएमसी सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि उनीहरुले कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । सचिव महेन्द्र गुरागाईसहित अन्यको रिपोर्ट भने आइतबार बिहान मात्र आउने भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।