काठमाडौं । केही दिन यता ओरोलो लाग्दै आएको सुनको मूल्य आज भने सामान्य रुपमा उकालो चढेको छ । आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।

यसदिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको छ । यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदी प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।