सुनको मूल्य आज पनि घट्यो, यस्तो छ आजकाे लागि तोकिएको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहीबार पनि घटेको छ । आज प्रतितोला ७ सय रुपैयाँ घटेको हो । हिजो सुनको भाउ १२ सयले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँमा आएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार तोकिएको छ । आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा आइपुगेको छ ।

यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा आएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७६ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।