बामदेव माननीय हुने पक्कापक्की



काठमाडौं । नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष समेत रहेका बामदेव गौतम राष्ट्रिय सभा सदस्य हुने पक्कापक्की जस्तै भएको छ ।

नेकपा सचिवालय बैठकले उनलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

यसअघि पनि पार्टीले उनलाई सिफारिस गर्न सरकारसमक्ष अनुरोध गरेको थियो । त्यस समयमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सिफारिस गरेका थिएनन् । यो पटक भने उनले पार्टी निर्देशनलाई लत्याउन नसक्ने अनुमान गरिएको छ ।

प्रतिनिधिसभामा बामदेव गौतम पराजित भएपछि पदका लागि उनको निक्कै चर्चा र विवाद हुँदै आएको छ । त्यसो त पार्टी उपाध्यक्ष बनाउन पनि उनका लागि विधान नै संशोधन गरिएको थियो ।