काठमाडौं । जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

थापाले कोरोना भाइरसको महामारीको समयमा जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा आफू पनि संक्रमित भएको सामाजिक सञ्जालमामार्फत बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा थापाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

सिडिओलाई कोरोना पुष्टि भएपनि अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण भने देखिएको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।