निजी ल्याबबाट गरिएको परीक्षणबाट कोरोना बिमा नपाइने, निर्णयको चौतर्फी विरोध



काठमाडौं । अहिले विश्वभरी नै कोरोनाको हाउगुजी देखाएर व्यापार गरेको आवाज तिब्र रुपमा उठिरहेको छ । नेपालमा पनि सरकारको एउटा रवैया यो महामारीको मौकामा व्यापार गरिरहेकोसँग मिल्दो जुल्दो पाइएको छ ।

केही समय अघि मात्र स्वास्थ्य मन्त्रालयले निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण लागि अनुमति दियो । त्यसपछि स्वास्थ्य मन्त्रालयले निजी ल्याबको रिपार्टलाई मान्यता दिँदै आएको छ । तर, अर्थ मन्त्रालय अन्तर्गतको बिमा समितिले भने निजी ल्याबलाई मान्यता दिएको छैन । कोरोना बीमाको नयाँ मापदण्ड बनाउँदै समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको परीक्षणलाई मात्रै मान्यता दिने बताएको हो ।

बिमा समितिले कोरोना बीमा मापदण्ड, २०७७ तथा कोरोना बीमा सम्बन्धी प्रेस विज्ञप्ती जारी गर्दै दाबी सम्बन्धी व्यवस्थाबारेमा भनेको छ स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिने जनाएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

यसरी बिमा समितिले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट गरिएको पिसिआरलाई मात्र मान्यता दिएको छ भने स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएकै निजि ल्याबबाट गरिएका परीक्षणलाई भने मान्यता नदिने गरी व्यवस्था गरेको हाे।

एकातिर एउटा मन्त्रालयले मान्यता दिने र अर्कोले त्यसलाई मान्यता नदिने व्यवस्थाले सर्वसाधरणलाई ठूलो असर पर्ने भएको छ । त्यसाे त बिमा समितिको उक्त व्यवस्थाप्रति अहिले चर्को विरोध भइरहेको छ । कतिपयले सरकार माफियाको चंगुलमा फसेको आरोप समेत लगाइरहेका छन् ।