हिजो भन्दा थोरै घटे आज कोरोना संक्रमित, यस्तो छ हिजाे र आजको संक्रमित तथ्यांक

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा हिजो भन्दा थोरै कोरोना संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा देशभर ९ सय ८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो हिजो सार्वजनिक गरिएको बितेको २४ घण्टाको तुलनामा भने कमी हो ।

हिजाे नेपालभर १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जना संक्रमित थपिएका छन् । हिजो भने काठमाडौं उपत्यकामा ४०८ संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमित हुनेहरूको कुल संख्या ४६ हजार २५७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार २७ छ।

त्यस्तै, आज निको भएर घर फर्कनेहरूको संख्या १८ सय १४ छ भने हालसम्म निको हुनेहरूको संख्या २८ हजार १४८ छ। यो दर भनेको निको हुनेको ६३ प्रतिशत हो। पछिल्लो २४ घण्टामा १० हजार ३८२ को पिसिआर परीक्षण गरिएको छ।

Comments
spot_img

More like this

बालेन सरकारले १५ मन्त्रालय बनाउने

काठमाडौं । अबको अर्को साता देशले बालेन शाहको नेतृत्वमा नयाँ सरकार पाउने भएको छ । उक्त सरकारमा...

चुनावमा पराजयपछि कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा...

हेलिकोप्टर अवतरण गर्ने क्रममा खोटाङमा दुर्घटना

काठमाडौँ । एयर डाइनेस्टी हेलि सर्भिस प्रालिको हेलिकोप्टर खोटाङमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। आज बिहान...