काठमाडौं उपत्यकामा झनै बढे संक्रमित, आज मात्र थपिए ५७२ जना



काठमाडौं उपत्यकामा एकै दिन ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा काठमाडौंमा तीन तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला