काठमाडौं । काठमाडौंका एक पुरुषको उपचारका क्रममा निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौंका एक संक्रमितको निधन भएको हो । उनी काठमाडौं निवासी ६३ वर्षीय पुरुष हुन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
Comments