काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकेको छ । तर बिहीबार सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँमा काराेबार भएको थियो ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१० रुपैयाँ पुगेको छ । तर बिहीबार चाँदी प्रति तोला १ हजार ३२५ मा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।