मकवानपुर २३ मंसिर ।

राप्रपाका अध्यक्ष कमल थापा पछि परेका छन् । मकवानपुर क्षेत्र नंं. १ मा राप्रपाका कमल थापालाई एमालेका कृष्णप्रसाद दाहालले पछि पारेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार थापाले १० हजार ३ सय ३८ मत ल्याउँदा दाहालले ११ हजार ३ सय ६९ मत ल्याएका छन् ।

दाहाललाई भेट्टाउन थापालाई निकै नै कसरत गर्नुपर्ने देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।