१२०१ जना थपिए कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा १२०१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा संक्रमितको संख्या १२०१ रहेको जनाएको हो ।गत २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा १२०१ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो पटक थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला